अर्थ

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा प्रगतिशीलका गुरुङ विजयी
SHARES

तस्विर– रोहन गुरुङको फेसबुक
असार ३१, २०७४

    काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा प्रगतिशील संयुक्त व्यावसायिक प्यानलका रोहन गुरुङ विजयी भएका छन्। वर्तमान अध्यक्ष लोकतान्त्रिक संयुक्त व्यावसायिक प्यानलका विमल ढकाललाई हराउँदै गुरुङ अध्यक्ष निर्वाचित भएका हुन्।

    गुरुङले ढकाललाई ९३ मत अन्तरले हराए। गुरुङले ४ सय ३४ मत ल्याए भने ढकालले ३ सय ४१ मत पाए। यसअघि ढकाल संघको अध्यक्ष हुँदा गुरुङ महासचिव थिए। कार्यसमितिमा पनि गुरुङ प्यानलकै वर्चस्व भएको छ।

    प्रथम उपाध्यक्ष गुरुङ प्यानलबाट रामप्रसाद  भान्तना विजयी भएका छन्। द्वितीय उपाध्याध्यमा ढकाल प्यानलका भुवन गुरुङ विजयी भएका छन् भने तृतीय उपाध्यक्षमा गुरुङ प्यानलकै शुक्र पाख्रिन विजयी भएका छन्।

    यस्तै महासचिवमा गुरुङ प्यानलका नरेश गेलाल, सचिवमा ईश्वर जिसी विजयी भए। कोषाध्यक्षमा भने ढकाल प्यानलकी राधिका कटुवाल निर्वाचित भइन्।

    काठमाडौंमा भएको संघको २५ औं वार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनमा  गुरुङनेतृत्वको प्रगतिशील संयुक्त व्यावसायिक प्यानल र ढकालनेतृत्वको लोकतान्त्रिक संयुक्त व्यावसायिक प्यानलका ३४ जनाले उम्मेदवारी दिएका थिए। मतदानबाट सात पदाधिकारीसहित १७ जना चुनिएका हुन्। अन्य चार सदस्य भने निर्वाचित कार्यसमितिले चयन गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]