जिल्लाभरबाट ४६ जना सदस्य निर्वाचित

|

  • प्रकाश पार्की

डडेल्धुरा : जिल्लाका ७ मध्ये १ स्थानीय तहमा सहमति र ६ तहमा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको छ। शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट दुई नगरपालिका र पाँच गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको हो। 

अमरगढी नगरपालिकामा कांग्रेसका सदस्यहरू निर्वाचित भएका छन् भने नवदुर्गा गाउँपालिकामा एमालेका सदस्यहरू  निर्वाचित भएका छन्। 

अजयमेरु गाँउपालिकामा निर्विरोध सहमतिका साथ माओवादी केन्द्रका सदस्यहरू चयन भएका छन्। जिल्लाभरका सबै स्थानीय तहका कार्यपालिकामा महिला, दलित तथा अल्पसङ्ख्यक गरी जम्मा ४६ जना सदस्यहरू निर्वाचित भएका हुन्। निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई सपथसँगै प्रमाणपत्र वितरण गरिएको छ।

कहाँ को भए निर्वाचित?

अमरगढी नगरपालिका
अमरगढीको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। महिलाबाट धौली देवी दमाई, नारु देवी सेठी, बेलु देवी भट्ट, मञ्जु देवी ऐर र सरस्वती अवस्थी (ओझा) चयन भएका छन्।

तथा दलित वा अल्पसङ्ख्यकबाट राम बहादुर दमाई, लक्ष्मी टमटा र सञ्जय जैरु (दमाई) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जानकारी दिए।

परशुराम नगरपालिका 
परशुरामको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनमा दुईटै पार्टीका ४–४ जना सदस्य विजयी भएका छन्।

महिला सदस्यहरूमा कांग्रेसबाट जानकीदेवी महरा, लक्ष्मीकुमारी कामी, हरिना देवी कामी माओवादीबाट दुराकुमारी खाती र हरिकला कोली चयन भएका छन्। दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा  कांग्रेसबाट मोहनकुमार कामी निर्वाचित भएका छन्। 

माओवादी केन्द्रको तर्फबाट धर्मेन्द्र दमाई र महावीर कामी निर्वाचित भएको परशुराम नगरपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद वाग्लेले जानकारी दिए।

आलिताल गाउँपालिका 
आलितालको गाउँ कार्यपालिकामा महिला सदस्यबाट कांग्रेसका गोमती देवी बोहरा र धनमती देवी थापामगर, माओवादी केन्द्रका कृष्णादेवी रानामगर र गोमतीदेवी पार्की चयन भएका छन्। 

दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा कांग्रेसका बिरे ओड र माओवादी केन्द्रका गणेशबहादुर कामी निर्वाचित भएका आलिताल गाँउपालिकाका निर्वाचन अधिकृत सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

अजयमेरु गाउँपालिका 
अजयमेरुको गाउँ कार्यपालिकामा माओवादी केन्द्रका ६ वटै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यबाट जानकी देवी दमाई, विन्दुदेवी ठकुराठी, शान्तिदेवी ऐडी र निर्मलादेवी पन्त चयन भएका छन् । 

दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा मदन सुनार र चेतराज वड (कामी) निर्वाचित भएका अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरञ्जीवी गिरीले जानकारी दिए।

भागेश्वर गाँउपालिका
भागेश्वरको गाँउ कार्यपालिकामा प्रमुख तीन ठूला दलबाट २–२ जना सदस्यहरू निर्वाचित भएका छन्। महिला सदस्यबाट कांग्रेसका सुनिता सुमी र कल्पना सिकर्मी, एमालेबाट वसन्ती ठकुराठी र मदना दमाई चयन भएका छन्। 

दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा माओवादी केन्द्रबाट शिभे वड र सोमलाल दमाई निर्वाचित भएका भागेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत पदमराज भट्टले जानकारी दिए।

गन्यापधुरा गाँउपालिका
गन्यापधुराको गाउँ कार्यपालिकामा भएको निर्वाचनमा नेपाली कांग्रेसका ६ वटै सदस्यमा  कांग्रेसका उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा धर्माकुमारी देउवा, कौशिला देवी देउवा, महेश्वरीदेवी मल्ल र देवकी देवी कामी चयन भएका छन्। 

दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा टिका टमटा र प्रकाशबहादुर कामी निर्वाचित भएका गन्यापधुरा गाउँपालिकाका निर्वाचन अधिकृत टेकराज जोशीले जानकारी दिए।

नवदुर्गा गाउँपालिका
नवदुर्गाको गाउँ कार्यपालिकामा भएको चुनावबाट एमालेका ६ वटै उम्मेदवार विजयी भएका छन्। महिला सदस्यबाट कला देवी साउद, कलावती भुल, निर्मलाकुमारी बिष्ट र सीता देवी दमाई चयन भएका छन्। 

दलित वा अल्पसङ्ख्यक सदस्यहरूमा डम्बर लुहार र लक्ष्मी कामी निर्वाचित भएका नवदुर्गा गाँउपालीकाका निर्वाचन अधिकृत सानु अधिकारीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.