|

  •  भोजराज कार्की-

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका प्रमुख नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएको १५ दिन नबित्दै करारका १२ कर्मचारी बाहिरिनुपरेको छ। जनप्रतिनिधिविहीन अवस्थामा जनप्रनिधिको समेत काम गर्न भ्याएका कर्मचारी करार अवधि सकिएसँगै प्रमुख शेर्पाको एकल निर्णयको मौखिक जानकारीले कर्मचारी बाहिरिनुपरेको हो। 

करारमा नियुक्त भई कार्यरत कर्मचारी भने प्रमुखले निरङ्कुशता लादेको आरोप लगाउँदै आक्रोशित भएका छन्। कर्मचारीले प्रेश विज्ञप्ति जारी गर्दै केन्द्रीय दरबन्दीअनुसार आपूmहरु नियुक्ति भई सेवामा रहेको भन्दै नगरप्रमुखको आदेश नियमविपरीत भएको आरोपसहित आइतबारसम्म मौखिक निर्णय नसच्चाए नगरपालिकामा तालाबन्दी गर्ने समेतको चेतावानी दिएका छन्।

नगरपालिकामा भएको करार सम्झौता पूरा भएको भए तापनि लिखित रुपमा बिदाई पत्र नदिई प्रमुख शेर्पाले एकलौटी मौखिक निर्णयमा कर्मचारीलाई काम गर्न रोक लगाएको भन्दै उनीहरुले चर्काे विरोध गरेका हुन्। स्थापना कालदेखि नै विभिन्न पदमा १२ जना कर्मचारीहरुले करार सम्झौतामा रहेर काम गर्दै आएका थिए। कर्मचारीहरुलाई प्रमुख शेर्पाले मौखिक रुपमा करार अवधि नवढाउने जानकारी गराएपछि कर्मचारीहरुले शुक्रबार नै जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण गराएका छन्।

अन्य कर्मचारीको व्यवस्था नगरिकन करार सकिएकाले काम नगर्नु भनेपछि कर्मचारी बाहिरिँदा कार्यालयको कामकाज भने प्रभावीत बनेको छ। इन्जीनियर सजिना शेर्पाले भनिन्, ‘प्रमुख साबको कार्यकक्षमा गएर असार सकिएसँगै हाम्रो करार सकिन्छ काम पनि धेरै छ के हुन्छ? भनेर सोधेको उहाँले सिधै भन्नुभयो काम नगनुृहोस् तपाईंहरु जाँदा हुन्छ।’

 नगरपालीका भित्रका वडा अध्यक्षले प्रमुख शेर्पासमक्ष जनताको काम कुन ैपनि हालतमा रोकिनु नहुने माग राखेका छन्। यता प्रमुख शेर्पाले जिल्ला समन्वय समितिबाट कर्मचारी नियुक्ति हुने र काममा बाधा नपर्ने बताएका छन्।

जिल्लाको एकमात्र नगरपालिकामा, इन्जिनियर, सबइन्जीनियर, अमिन, प्राबिधिक, सवारी चालक र कार्यालय सहयोगीसहित १२ जना कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या आउने नगरबासीको चिन्ता छ।

यतिबेला निमित्त कार्यकारी अधिकृत, लेखा अधिकृत र एक वडा सचिव वाहेक अन्य कर्मचारी करारमा कार्यारत छन्। करारमा रहेका कर्मचारीहरुमा इन्जीनियर सजिना शेर्पा, सवइन्जीनियर ऋषिकेश तुम्रोक, अ.सब इन्जीनियर शरण कुमार राई, अमिन राजकुमार ढकाल, खरिदार चक्रबहादुर बस्नेत, सवारी चालक कुल बहादुर श्रेष्ठ, कार्यालय सहयोगीहरु डम्बर बहादुर खड्का, दिलबहादुर खत्री, धनकमारी गौतम, मलिशोभा राई, पुर्णीमा भुजेल र प्रविन बस्नेत छन्।

नगरपालीकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले भने, ‘करार अवधि सकियो मैले वहाहरुलाई अवकाश दिएको होईन स्वत नियमले करार सकिएसंगै सेवा अवधि सकिएको हो।’

करार सकिएका कर्मचारीहरुमध्ये पनि केहि कर्मचारीलाई मेयर शेर्पाले छुट्टै बोलाएर करार थप गर्ने आश्वसन दिएपछि उनीहरुले कार्यालयको काम गरेको सव इन्जीनियर  ऋषिकेश तुम्रोकले आरोप लगाए तर नगरप्रमुख शेर्पाले भने कोही कसैलाई आश्वाशन दिने र कारबाही गर्ने केही नगरेको बताएका छन्।

करार थप नगर्ने मेयरको बचन आएपछि आक्रोशित कर्मचारीले नगरपालीकामा खैलाबैला मच्चाएका थिए। निकै बाक्लो सुरक्षा व्यवस्था तैनाथ गरिएको नगरपालिकामा वडा अध्यक्षले नगरपालिकाको काम प्रभावीत हुनु नहुने माग प्रमुखसमक्ष राखेका छन्। यता प्रमुख शेर्पाले पनि नियमित सेवा प्रभावीत नबनाउने दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.