|

  • भोजराज कार्की

सोलुखुम्बु : सोलुखुम्बुमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा बढेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ।

गत आर्थिक २०७२/७३ मा ६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा २०७३/७४ मा दोब्बरले बढेर १३ वटा मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ। जसमध्ये ९ वटा मुद्दा फर्छ्योट भएको छन्।   सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेरका समूहका छन्।

ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, सम्पत्ति तथा अंश, श्रीमान वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नु लगायतका कारणले सम्बन्ध विच्छेद बढेको कार्यालयको अनुमान छ।

श्रीमान वा श्रीमती वैदेशिक रोजगारमा रहेका जोडी बढी मात्रामा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेका छन्।

सम्बन्ध विच्छेदको मुद्दा बढेको भएपनि अन्य मुद्दा दर्ता संख्या भने घटेको पाइएको छ। आर्थिक वर्ष २०७२/७३ मा १२६ वटा मुद्दा दर्ता भएकोमा यस वर्ष विभिन्न प्रकृतिका ८४ वटा मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७२/७३ बाट जिम्मेवारी सरेर आएको ४१ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएको ८४ सहित १२५ वटा मुद्दामा ८९ वटा मुद्दा फर्छ्योट भइसकेको अदालतका नायव सुब्बा सुकवर्ण कार्कीले बताए।

गाली बेइज्जती सम्वन्धी ६ वटा मुद्दा परेकोमा सबै फर्छ्योट भएका छन्। अंशचलनका सबै भन्दा बढी १७ वटा मुद्दामा ११ वटा फर्छ्योट भएका छन्।

सम्बन्ध विच्छेद ४, अशंचलन ६, लेनदेन ४, कर्तव्य ज्यान ४, जबरजस्ती करणी ६ वटा गरी ३६ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.