|

ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि १८ करोड बढीको बजेट सार्वजानिक गरेको छ। गाउँपालिका सभाद्वारा नीति तथा कार्यक्रम पारित गर्दै आगामी आर्थिक वर्षका लागि १८ करोड २६ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजानिक गरिएको हो।

जसमा ८ करोड २६ लाख ७७ हजार चालुतर्फ र १० करोड पुँजिगत खर्चतर्फको बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ भारदेउमा आयोजित गाँउसभामा गाउँपालिका उपाध्यक्ष मिङ्मा लामाले बजेट प्रस्तुत गरेकी थिइन्।

सडक निमार्णलाई पहिलो प्राथमिकतामा राख्दै गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृति संरक्षण, खानि तथा प्राकृतिक श्रोतको ब्यवस्थापन र परिचालनलगायतका योजनाहरु अगाडि बढाउने विषय बजेटमा उल्लेख गरिएको उपाध्यक्ष लामाले बताइन्।

गाउँपालिका अध्यक्ष गोपिलाल सिङ्तानको अध्यक्षता सम्पन्न गाउँसभामा वडाअध्यक्षहरू सन्तलाल तामाङ, ध्रुवप्रसाद घिमिरे, तिलक बम्जन र तीर्थ लामाले बजेटको सहि कार्यवन्यन गर्दै गाउँपालिकामा सुशासन कायम गराउने प्रतिबद्धता जनाएका वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता सुविन्द्र तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.