|

चितवन : विधान संशोधन विवादले अड्किएको रत्ननगर उद्योग वाणिज्य संघ चितवनले ६ दिनपछि राजाराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ।

असार २६ गतेबाट सुरु भएको आठौं अधिवेशनमा विधान संशोधनको विषयमा विवाद उत्पन्न हुँदा ६ दिनपछि आज २६ सदस्यीय नयाँ समिति चयन गरिएको हो। समितिमा सबै कार्यसमिति निर्विरोध भएको संघका वर्तमान अध्यष रेग्मीले जानकारी दिए।

उनका अनुसार वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा विनोद पोखरेल, बस्तुगतर्फतको उपाध्यक्षमा भिमनारायण श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएटतर्फको उपाध्यक्षमा शंकर गिरी निर्विरोध भए।

असन्तुष्टपक्षको नेतृत्व गरेका भट्ट र गिरीले उपाध्यक्ष पद पक्का गरेपछि विरोधका कार्यक्रम रोकेर सहमतिमा आएका हुन्। यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी चयन भए।

अधिवेशनले विभिन्न क्षेत्रबाट १८ जना सदस्य समेत निर्विरोध चयन गरेको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए।

अधिवेशनले वाणिज्यतर्फ सदस्यहरुमा उपेन्द्र आचार्य, माधव पौडेल, सोहेन्द्र खरेल, कविन घिमिरे, सिताराम भट्टराई, रामशरण नेपाल, ईश्वरी अर्याल र सुन्दरमणि सुवेदीलाई निर्विरोध चयन गरेको छ।

यस्तै उद्योगतर्फको सदस्यहरुमा निरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, निरञ्जन थापा, हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ चयन भए। महिला सदस्यमा मिना उप्रेती, एसोसिएट सदस्यमा लोजिक कृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत सदस्यमा जोगेन्द्र महत्तो निर्वाचित भएका छन्।

अधिवेशनले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने तथा एसोसिएट तथा वस्तुगतबाट एकएक उपाध्यक्ष थपेको नवनिर्वाचित सदस्य निरज श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.