ट्रयाक्टरमा सवार बालक दिपेश खडकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ

|

कञ्चनपुर : दैजी–बेल्डाँडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। सो सडक खण्डमा शनिबार ट्रयाक्टर दुर्घटना हँुदा १२ वर्षीय दिपेश खड्काको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दका अनुसार बेल्डाडीदेखि महेन्द्रनगरतर्फ आइरहेको से १ त १३ नम्बरको ट्याक्टर दैजी–बेल्डाडी सडकखण्डको जंगलमा दुर्घटना हुँदा ट्रयाक्टरमा सवार बालक दिपेश खडकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। 

वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएका कारण ट्रयाक्टर सडकबाट अनियन्त्रित भएर नहरमा पल्टिएको प्रहरील जानकारी दियो। नहरमा पल्टिएपछि बालकको च्यापिएर घटनास्थलमै ज्यान गएको हो। चालक दिपेश सुनार र ट्रयाकटर प्रहरी नियन्त्रणमा छ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त सडक कालोपत्रेका लागि सम्झौता भएपनि निर्माण कम्पनीले ढिलाई गरेका कारण सडकको स्तरोन्नती हुन नसक्दा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र पर्ने २० किलोमिटर सडकखण्डको स्तरोन्‍नती हुन नसक्दा स्थानीयले वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या भोग्दै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.