बंगलाबन्ध नाका सुधार्न नेपाली उद्योगीको माग

|

विराटनगर : नेपालस्थित ब‌ंगलादेशी राजदूतावासका प्रथम सचिव मोहम्मद महबुबुल हकले नेपालसँगको व्यापार-व्यवसाय बढाउने बंगलादेशको चाहना रहेको बताएका छन्। 

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हकले औषधि, फर्निचर, जुस आदिको कारोबार अहिले भइरहेको र अन्य वस्तु समेत थप गर्दै जाने योजना गरेको बताए। उनले बंगलादेशको मंगलापोर्ट विकसित भइरहेकोले उक्त पोर्टबाट कारोबार गर्न सकिने बताए। 

हकले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए। हकसँगको भेटका क्रममा मोरङ व्यापार संघका अध्यक्ष तथा सांसद् पवनकुमार सारडाले नेपाल बंगलादेशबीच सन् १९७२ मा दुई पक्षिय सन्धी भएपछि एकआपसमा सम्बन्ध सुमधुर रहेको बताए।

उनले नेपालकोे व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग र सहकार्य गर्न आग्रह गरे। बंगलाबन्ध नाका बंगलादेशले नेपालका लागि खोलेपनि अझसम्म त्यसको सुधार राम्रो हुन नसकेकोले यसमा सुधार गर्नुपर्ने सारडाले बताए। उनले उक्त नाकामा सुधार भए नेपालबाट हुने निर्यात व्यापारमा सहज हुने बताए। 

यसका साथै भारतीय भन्सार बिहान ८ बजे खुल्ने तर बंगलादेशको भंसार १२ खुल्ने हुँदा यसमा सुधार गर्नुपर्ने सारडाले बताए। बंगलादेशसँग कारोबार गर्न जोगबनी–रोहनपुर रेल मार्ग सहज हुने भएकोले यस मार्गका सम्बन्धमा अध्ययन समेत भइसकेको कारण उक्त मार्गलाई अनुमति दिन सारडाले माग गरे। 

हकले सारडाले राखेका माग र सुझावको विषयमा माथिल्लो निकायमा छलफल गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.