|

कास्की : पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ को मजुवास्थित डुडे आहालमा ढुङगा बलुवा निकालेर जमेको पानीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ। 

शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रे निवासी लेखबहादुर गुरुङका छोरा वर्ष १४ का उज्जल गुरुङको मध्यान्नको समयमा साथीहरुसँगै पौडी खेल्दा डुबेर मृत्यु भएको हो।

कालिका प्रहरी शसस्त्र गण पोखरावाट उद्धारको लागि खटिएका शसस्त्र प्रहरी निरीक्षक सुमन चालिसेको टोलीले दहमा डुबेका गुरुङको शवलाई हिलोबाट निकालेको हो। 

उद्धारकार्यमा स्थानीयवासी, इलाका प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय तथा  पावरहाउसका प्रहरी नायब निरीक्षक नरेन्द्रजंग कार्कीको टोली खटेको थियो। पोष्टमार्टमका लागि गुरुङको शव पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.