धनबहादुरले आफ्नो उपचारमा सहयोग गरी दिन सबैसँग आग्रह गरेका छन्

|

जाजरकोट : भेरी नगरपालिका–२ डि¨गा जाजरकोटका ६८ वर्षीय धनबहादुर दमाई बिरामी भएर थला परेको धेरै भयो। पेट सुन्‍निने तथा खुट्टा सुन्‍निने रोगबाट पीडित दमाईको घर समेत छैन। उनी अरुकै घरमा सहारा लिएर बसिकेका छन्। 

धनबहादुरलाई औषधी उपचारका लागि अस्पतालसम्म लगिदिने कोही छैन। पेट तथा खुटटा सुन्‍निने रोगबाट पीडित धनबहादुर विगत ४ महिनादेखि उपचारको पखाईमा छन्। गरिबीका कारण उपचार पाउन नसकेर उनी गाउँमै थलिएका छन्।

सम्पतीको नाममा केही पनि नभएका धनबहादुर कहिले गाँउलेको घरमा बस्छन्। कहिले गोठको छाप्रोमै निदाउँछन्।  ‘बिरामी भएको चार महिना भयो। मसँग एक पैसा पनि छैन,। शरिर दिन प्रति दिन सुन्‍निदै जान्छ , कहाँ र कसरी उपचार गरुँ ?’ उनले भने, ‘आफै हिड्न सक्दिन अस्पताल सम्म पुर्‍याई दिने कोही छैन।’

कसैले अस्पतालसम्म पुर्‍याएर सहयोग गरे आफनो रोग सन्चो हुन्थ्योकी भन्‍ने आशा उनमा छ। खुट्टा र पेट सुन्‍निदा हिँड्न र खाना खान समेत मुस्किल भएको उनले बताए। धनबहादुर गाउँलेहरुले दिएको खाना खाएरै पेट पाल्छन्।

सरकारले गरिब तथा अति विपन्‍न नागरिक हरुको लागी निःशुल्क उपचारको घोषणा गरेपनि धनबहादुर त्यस्तो सेवा पाउनबाट बन्चित छन्। उनी कहिले छिमेकी कुमारो दमाईको घरमा शरण लिइरहेका हुन्छन् त कहिले गोठमै सुत्छन्। 

नागरिकता समेत नभएका कारण उनी सरकारले दिने वृद्ध भत्ताबाट पनि वन्चित छन्। धनबहादुरले आफ्नो उपचारमा सहयोग गरी दिन सबैसँग आग्रह गरेका छन्। उनले सरकारी तथा गैर सरकारी  निकाय, भर्खरै निर्वाचित जनप्रतिनिधि लगायत सबैसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.