|

दमक : प्रहरीले लागुऔषधसहित एक जनालाई झापाबाट पक्राउ गरेको छ। मेचीनगर नगरपालिका ६ स्थित मुलगेटबाट शनिबार दिउँसो लागूऔषधसहित भारत जलपाईगुडी बस्‍ने ३१ वर्षीय संजिव राई पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले २४ चक्की लागूऔषध नाईट्रोजन ट्याब्लेट बरामद गरिएको लागुऔषध नियन्‍‍त्रण ब्यूरोले जनाएको छ। राईलाई विषेश सुराकीको आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.