|

 डडेल्धुरा : नदीले बगाउँदा एक जना बेपत्ता भएका छन्। बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउँदा जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी–३३ वर्षीय राज मल्ल बेपत्ता भएका हुन्। 

आज दिउँसो २ बजे नदीमा माछा मार्न जाँदा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। वर्षाका कारण सोर्नाया नदीको बहाव एक्कासी बढेपछि आएको बाढीले मल्लाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ।  उनको खोजी गर्नको लागि प्रहरी टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.