|

काठमाडौं : तपाईं कुनै ठूलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ, भने आजदेखि नगदमा गर्न पाइँदैन! १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने नगदमा नगर्नुस्। नगदमा कारोबार गरेको भेटिए तपाईंलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ अनुसार कारबाही हुनसक्छ।

'१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेका छौं,' सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीले भने, 'मन्त्रालय र राष्ट्र बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित गरी कानुनसरह बनाइसकेकाले अब यसविरुद्ध गए कारबाही हुनेछ।'

कारोबार गरेको भेटिएमा उक्त रकम जफत गरी बिगो बराबरको जरिवाना हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.