|

काठमाडौं : युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल शुक्रबार अपराह्न विद्यालयबाट नेपालटारस्थित घरमा फर्किन्। त्यसपछि घरबाट करिब १० मिटर टाढा रहेको आफ्नो रेस्टुरेन्टमा खाजा खान पुगिन्।

विनिताले खाजा खाइरहँदा पानी दर्किन थाल्यो। वर्षा रोकिएपछि उनी रेष्टुरेन्टबाट घरतर्फ हिँडिन्। ठूलो वर्षा भएकाले सडकमा भेल उर्लिरहेको थियो। पानीले नहरजस्तै बनेको सडकमा रहेको नाली उनले देखिनन्। 

नालीको भेलले उनलाई बगायो । भेलले चमती खोलामा पुर्‍याएपछि आफन्त र प्रहरीले उनको उद्धार गरे। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकी उनको साँझ साढे ६ बजे मृत्यु भयो। अस्पतालले मृत घोषणा गर्‍यो।

शुक्रबार अपराह्न भीषण वर्षा भएका कारण उपत्यकाका अधिकांश सडक जलमग्न थिए, सडकमा भेल उर्लेको थियो।

बृहस्पति विद्यासदन नक्सालमा पढ्ने सत्या सापकोटा (१३) गाडीबाट सामाखुसीमा ओर्लिन्। सडक जलमग्न देखेपछि अत्तालिँदै उनी रानीबारीतिर (घर) जाने भित्री सडकतिर लागिन्। नाली बीचमा थियो।पानी उर्लेर बगिरहेको थियो। सत्या त्यहीँ नालीमा खसिन्। भेलले उनलाई ह्युम पाइपभित्र पुर्‍यायो।

धन्न वरिपरीका मान्छेले देखे। दौडिँदै गए। पाइपको अर्को मुखबाट निस्किएपछि उनको उद्धार भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.