|

पर्वत : तन्त्रमन्त्र र झारफूक गर्ने बहानामा महिलाहरुमाथि दुर्व्यबहार गर्ने गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक जनालाई पक्राउ गरेको छ। झारफूक गर्न गएको बेलामा दुर्व्यवहार गरेको उजुरी परेपछि बाग्लुङ नगरपालिका वडा नं. ६ घर भई म्याग्दीमा बस्दै आएका ५८ वर्षीय कर्णबहादुर किसानलाई पक्राउ गरिएको म्याग्दीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) बसुन्धरा खड्काले जानकारी दिइन्।

२०५४ सालबाट म्याग्दी सदरमुकाम बेनीमा रहेर झारफूक गर्दै आएका किसानले महिलाहरुलाई विभिन्न कसम खुवाएर यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। उनीविरुद्ध दुई महिलाले उजुरी हालेका थिए।

बालबच्चाहरु बिरामी भएर लिएर जाँदासमेत किसानले आफूहरुमाथि यौन दुर्व्यवहार गर्ने गरेको महिलाहरुको आरोप छ। 'एक जना महिलाले आफूमाथि धामीले यौन शोषण गरेको घटना दर्ता गराउनुभयो, त्यसको केही दिनमा अर्की महिलाबाट पनि सोही आरोपमा उजुरी दर्ता भएपछि हामीले आफूलाई धामी बताउने कर्णबहादुर किसानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,' डीएसपी खड्काले भनिन्।

प्रहरीका अनुसार उनले आफूले गल्ती गरेको स्वीकारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.