राजनीति

'मुस्कानसहितको सेवा दिन्छु' भन्दै भरतपुर प्रकरणबारे यसो भने भावी प्रधानन्यायाधीशले
SHARES

फाइल फोटो
साउन १, २०७४

    काठमाडौं : प्रधानन्यायाधीशका लागि प्रस्तावित कामु न्यायाधीश गोपालप्रसाद पराजुलीले मुस्कानसहितको न्यायिक सेवा सुरु गर्ने बताएका छन्। व्यवस्थापिका संसदअन्तर्गत संसदीय सुनुवाई विशेष समितिको बैठकमा आइतबार सांसदहरुको प्रश्नको जवाफ दिँदै पराजुलीले न्याय स्वच्छ, निश्पक्ष, छिटोछरितो र प्रभावकारी हुनुपर्छ भन्ने चाहना सम्बोधन गर्न आफूले मुस्कानसहितको न्यायिक सेवा सुरु गर्ने बताएका हुन्।

    झन्झटिलो, ढिलासुस्ती, विकृति अनि विसंगतिपूर्ण न्यायपालिकालाई कसरी सुधार गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले प्रभावकारी न्याय सेवा पद्धति र प्रणालीको विकास गर्ने बताए। विधिको शासन, प्रभावकारी न्याय, सक्षम, सुलभ र पहुँचयोग्य बनाउँदै जनआस्थामा आधारित न्यायको कल्पना आफूले गरेको भन्दै पराजुलीले आफू सधैँ न्यायलय सुधारको पक्षमा अघि बढ्ने बताए।

    बैठकमा पराजुलीले ३९ बुँदे कार्ययोजनासमेत पेस गरेका थिए।

    न्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन र प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको मुद्दाले धेरै नै प्राथमिकता पाएको भन्दै छिट्टै नै फैसला आउने बताए। बन्दी प्रत्यक्षीकरणको मुद्दालाई पनि थाती राखेर यी दुई मुद्दालाई टुंग्याउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

    भरतपुर महानगरपालिकाको मतगणना विवादसम्बन्धी मुद्दाको फैसला स्थानीय तहको तेस्रो चरणको निर्वाचन (असोज २) अगावै आउने पराजुलीले बताए। सो मुद्दाको पेशी सोमबारका लागि तोकिएको छ।

    सुनुवाईपछि समितिले पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]