|

बैतडी : बैतडीमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यो वर्ष समयमै पानी परेकाले रोपाइँ अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाको दुईबाली नलाग्ने ठाउँमा रोपाइँ सम्पन्न भइसकेको कृषि विकास अधिकृत कर्णबहादुर चन्दले बताए।

दशरथचन्द नगरपालिकाको सेरा, रातामाटा, पञ्चेश्वर, गोकुलेश्वर लगायत महाकाली र सुर्नया र जमाडी नदी छेउछाउमा चैते मकै भित्र्याएपछि केही दिनमै रोपाइँ हुने भएको छ। ‘रोपाइँ गर्न बाँकी रहेको ठाँउमा दुईबाली लगाउने भएकाले रोपाइँ गर्न बाँकी रहेको हो,’ चन्दले भने, ‘त्योबाहेक अन्य ठाउँमा समयमै पानी परेकाले रोपाइँ सम्पन्न भइसकेको छ।’

यस्तै, पाटन नगरपालिका र दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका मेलौली नगरपालिकाका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न भइसकेको उनले बताए। गत साल यो बेला अन्तिममा ८५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो। बैतडीमा यो वर्ष साउन पहिलो साता नै रोपाइँ सम्पन्न भइसक्ने समेत वरिष्ठ कृषि विकास अधिकृत दिव्यादेव भट्टले बताएका छन्। जिल्लामा ९ हजार हेक्टर जमिनमा धान खेती गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.