|

काठमाडौं : सन् २०१८ मा हुने सार्क राष्ट्र गभर्नरहरूको सम्मेलन नेपालमा हुने भएको छ। गत बुधबार र बिहीबार श्रीलंकामा भएको सार्क राष्ट्र गभर्नरहरूको सम्मेलने यो निर्णय गरेको गभर्नर चिरञ्जीवी नेपालले बताए।

दुईदिने सम्मेलनमा भाग लिनका लागि गभर्नर नेपाल असार २६ गते श्रीलंका गएका थिए। सम्मेलनको क्रममा सार्क राष्ट्रका गभर्नरले आ-आफ्नो देशको वित्तीय अवस्था र पारदर्शिताका विषयमा जानकारी गराएको नेपालले बताए। उनले नेपालको मौद्रिक नीति र यसको विशेषताको विषयमा पनि सम्मेलनमा जानकारी गराएको बताए। उनी आजै नेपाल फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.