|

काठमाडौं : स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित निकालेको नेकपा एमालेले केक काटेर खुसियाली मनाएको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा भएको स्थायी कमिटीको बैठकमा एमाले नेताहरूले केक काटेर खुसियाली साटासाट गरेका हुन्।  

तर फोटोसहितको स्ट्याटस अपलोड गरेको ४ मिनेटमै महासचिवको वालबाट उक्त पोस्ट हटाइएको छ। 

'कंग्र्याचुलेसन फर विनिङ लोकल इलेक्सन' (स्थानीय निर्वाचन जितेकोमा बधाई) लेखिएको केकको फोटो फेसबुकमा राख्दै महाचसिव ईश्वर पोखरेलले लेखेका थिए- 'आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित स्थायी कमिटीको बैठकमा पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको खुसियालीमा केक काटेर खुसियाली मनाइयो।'

बैठकले तेश्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पनि पार्टीलाई पहिलो बनाउने संकल्प गरेको महासचिव पोखरेलले उल्लेख गरेका छन्।

मत परिणाम घोषणा भएका ६१६ स्थानीय तहमध्ये एमालेले २७६ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ। कांग्रेसले २२६ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले ८४ तह जितेको छ। 

महासचिव पोखरेलको फेसबुक वालको स्क्रिन सटः 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.