|

काठमाडौं : फिल्म ‘२ रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ गीतको भिडियोले युट्युवमा एक करोड बढी दर्शक पाएको छ। भिडियो सार्वजनिक गरिएको ४९ दिनमै १ करोड जनाले हेरेका हुन्। गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। उनले संगीत भरेको २ गीत 'सुर्के थैली खै' र 'पूर्व पश्चिम रेल'ले पनि १ करोड बढी दर्शक पाएको थियो। युट्युबमा ३ गीतले करोड भ्युज पार गरेपछि उनलाई ह्याट्रिक संगीतकार पनि भन्न थालिएको छ।   

गीतमा राजनराज, राजन इशान र मेलिना राईले स्वर दिएका छन्। निश्चल बस्नेत, आशिफ शाह, स्वस्तिमा खड्का र बुद्धि तामाङको अभिनय रहेको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। अशिम शाहको निर्देशन रहेको फिल्म '२ रुपैयाँ' भदौ २३ गतेदेखि प्रर्शनमा आउँदैछ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.