|

काठमाडौं : सरकारले सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ अर्थात् विदेशी विज्ञापन हटाउने व्यवस्था, तत्काल लागू नहुने भएको छ।

विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले राससलाई जानकारी दिए।

सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्न मन्त्रालयले साउन २९ गते सूचना जारी गरेको थियो।

‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ भनी साउन २९ गते मन्त्रालयले सूचना जारी गरेको थियो।

नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको क्लिन फिड नीति फिर्ता लिन माग गर्दै आएका छन्।

ती सङ्घसंस्थाले ‘क्लिन फिड’ लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणासमेत गर्दै आएका छन्। उक्त क्लिन फिड नीति २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको ती सङ्घसंस्थाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.