|

बैतडी : दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्र सिंह थापा आइतबारदेखि कामकाजमा खटिएका छन्।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले प्रमुखको रुपमा कामकारबाही नगर्न दिएको अन्तरिम आदेश खारेज गरी कामकाज गर्न बिहीबार अर्को आदेश दिएपछि थापा कामकाजमा फिर्ता भएका हुन्।

यसअघि असार १९ गते मतगणना परिणाम बदर गरी दोहोर्‍याई पुनः मतगणना गराई पाउँ भनी राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालले असार २१ गते काम नगर्न र नगराउन दशरथ चन्द नगरपालिकाका प्रमुख थापाका नाममा अन्तरिम आदेश जारी गरेका थिए।

उच्च अदालतले बिहीबार वादी र प्रतिवादीहरूलाई सुनुवाइका लागि बोलाएको थियो। तर यथेष्ट प्रमाण नजुटेकोले भन्दै उच्च अदालतले पुनः मतगणना गर्ने आदेश तत्काल दिन नसकिने जनाएको छ। राप्रपाका जोशी ६२ मतअन्तरले कांग्रेसका थापासँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.