|

दमक : शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा सक्षम भयो भने मानिसले जे पनि गर्न सक्छ भन्ने उदाहरण बनेका छन् झापा, दमकको भेषराज न्यौपाने। उनले दमक ८ मा सञ्चालन गरेको दमक पब्लिक पुस्तकालयले आइतबार आफ्नो छौटौं वार्षिक उत्सव मनाएको छ। शरीरिक रुपमा अशक्त न्यौपानेको सोचमा सुरु भएको यो लाइब्रेरी अहिले दमकको पहिलो र उत्कृष्ट बनेको छ।

२०६१  फागुन २७ गते बिहान मर्निङ वाकबाट घर फर्किएर क्याम्पस जान भनि हतारोमा भर्याङ ओर्लने क्रममा लडेर ढाडको हड्डी भाँचिएर अशक्त बनेका न्यौपानेले २०६८ सालमा उक्त पुस्तकालय  स्थापना गरेका हुन्।

पुस्तकालय  छौटौं वर्षमा प्रवेश गरेको अवसरमा दमकमा विभिद कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा अध्यक्ष न्यौपानेले ३ वर्ष सम्मको लामो समय अस्पताल बसाइमा आफूले विभिन्न पुस्तक पढेको र पुस्तकालय स्थापना गर्ने सोच आएको उनले बताए।

उनले भने, ‘अस्पतालबाट पूर्ण रुपमा अशक्त भएर घर आएपछि पुस्तक जम्मा गरेर पढ्न सुरु गरें एउटा सामुदायिक विद्यालय खोल्न विभिन्न क्षेत्रबाट क्षेत्रबाट हौसला पाएँ, त्यसपछि पुस्तकालय खोल्न सबैसँग सहकार्य गरें।’ आफूले पुस्ताकलय स्थापना गर्न सुरुमा ९ जना साथी जुटाएको बताए। अहिले पुस्तकालयमा ६ हजार बढी दर्शकनीक पुस्तकहरु रहेको उनको भनाइ छ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारी भावन र कर्म शक्त भएमा शरिरिक रुपमा अशक्त भएपनि समाज परिर्वतन गर्न सकिने बताए। उनले भने,‘ शारिरिक रुपमा अशक्त भएपनि मानिसले सधै सकरात्क कार्य गर्यो भने सधै राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ भेषराज जी’।

उनले दमक पब्लिक पुस्तकालय स्थापना पछि दमकमा धेरैले पढ्ने बानीको विकास भएको बताए। पुस्तकालयले अन्य सामाजिक कार्य समेत गरेका भन्दै यस्ता कामले समाजलाई शिक्षित बनाउँन सघाउ पुर्याएको बताए। उनले भने,‘दमक पब्लिक लाइब्रेरीले पुस्ताकलय स्थापना मात्र गरेको छैन, समाजलाई शिक्षित बनाउने धेरै काम गरेको छ।’ 

 शिक्षासेवीलाई सम्मान

लामो समयदेखि दमकको शैक्षिक विकासमा सेवा गरेका अवकास प्राप्त शिक्षक विदुर खतिवडालाई सम्मान गरिएको छ। कार्यक्रमको अवसर पारेर दमकको सामुदायिक शिक्षा सुधारमा योगदान पुर्याएको भन्दै दमक सम्मानबाट उनलाई सम्मानित गरिएको हो।

 उनले दमकस्थित हिमालय माविको प्रधानध्यापक बन्दा विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो। हिमालय माध्यमिक विद्यालयमा उनले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्दै देशकै नमुना विद्यालय बनाउन योगदान गरेका हुन्। उनलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो।  विद्यालय सरकारले घोषणा गरेको नमुना विद्यालयको सातौँ स्थानमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.