|

भारत प्रशासित कश्मीरको रामवन जिल्लामा तीर्गयात्रु चढेको बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ। अमरनाथ तीर्थयात्रामा गइरहेका यात्रुबस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएको बीबीसीले लेखेको छ।

जम्मु-कश्मीर राष्ट्रिय राजमागर्गमा भएको बस दुर्घटनाका घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख छ।

रामवन जिल्लाका वरिष्ठ प्रहरी अधिकृत मोहनलालले घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताएका छन्। दुर्घटनामा परेकाको उद्दार र राहतको कार्य तीव्र गतिमा चलिरहेको उनले बताए।

गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने जानकारी आइनसकेको बताइएको छ। खराब मौसमका कारण दुर्घटना भएको हो। वर्षाका कारण पहिरो गएर अमरनाथ तिर्थ यात्रामा गएका यात्रुहरु पहिरोले सडक अवरुद्ध भएपछि बाटोमा रोकिएको बताइएको छ।

तीर्थयात्राका क्रममा बस दुर्घटनामा परेका मृतकप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्पत श्रदाञ्जली दिएका छन्। उनले मृतकका परिवारप्रति समवेदना जनाएका छन्।

यसअघि १० जुलाईमा तीर्थ यात्रामा गइरहेका यात्रु चढेको बसलाई लक्षित गरेर अनन्तनाग जिल्लामा आतंककारी हमला भएको थियो। जसमा ८ जना तिर्थयात्री मारिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.