|
Photo : The Kathmandu Post

काठमाडौं : आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ७३ रनको झिनो स्कोरमा समेटेको छ। कप्तान सन्दीप लामिछानेले ८ ओभरमा २१ रन दिएर ५ विकेट लिएपछि सिंगापुर सस्तैमा समेटियो।

सिंगापुरका ब्रिगु अय्यरले ४२ तथा सिन अग्रवालले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि सन्दीपका अलावा सहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए।

नेपालले ७४ रनको विजयी लक्ष्यसहित केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। प्रतियोगिताअन्तर्गत अर्को खेलमा मलेसियाले अफगानिस्तानको सामना गरिरहेको छ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.