|

गुल्मी :  गुल्मीमा पहिलो पटक आधुनिक प्रविधिको प्रयोग गरी धान रोपाइँ गरिएको छ। धुर्कोट गाउँपालिकामा जिल्लामै पहिलो पटक मेशिन बाट धान रोपाई सुरु गरिएको हो। राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तनमैत्री कृषि प्रविधि तथा जन–उत्थान प्रवद्र्धन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको थियो।

बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लािग आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा ल्याउने पहल गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए। गाउँपालिकाको वार्ड नम्बर ४ जैसिथोकका नवनिर्वाचित वडाध्यक्ष मान बहादुर कुँवरले मेशिनबाट धान रोपाइँको उद्घाटन गरेका थिए।

साविकको जैसिथोक वार्ड नम्बर ५ निवासी युवा किसान तुल्सीराम कुँवरको खेतमा सो मेसिनको उद्घाटन गरिएको हो। कुँवरको करिब डेढ रोपनी खेतमा ६ वटा प्लटहरु निर्माण गरी क्रमश ः हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपेका छन्। जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणालीअन्तरगत सो मेसिन भित्राइएको कुँवले बताए।

धान रोप्ने आधुनिक मेसिन चिनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने सो संस्थाका कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए। बर्षात सुरु भएसँगै किसानहरुमा कामको चटारो बढेको छ। गुल्मी जिल्लामा पर्याप्त रुपमा पानी परेको कारण स्थानीयहरु खेतबारीमा ब्यस्त हुने गरेका छन। स्थानीयहरु धान तथा कोदो रोपाइँको चटारोमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.