काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ। साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव भएकोले यो दिन शिवोपासना विशेष मानिन्छ।
साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने विश्वास छ। यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।
साउनको पहिलो सोमबार साउन २ गते परेको छ। यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथि बारको प्रयोग गर्नु भन्ने निर्देश छ।
साउने सोमबारका दिन पशुपतिनाथ मन्दिरमा भेला भएका भक्तजनहरु:
तपाईंको ईमेल गोप्य राखिनेछ ।