|

बैतडी : घरेलु तथा साना उद्योग विकास समिति बैतडीमा १ सय ६० नयाँ उद्योग दार्ता भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा यी लघु उद्योग दर्ता भएका हुन्।

यस्तै ३ सय ४ व्यापारीक फर्म दर्ता भएका छन्। यसक्रममा ४ सय ७० उद्योग तथा व्यापारिक फर्म नविकरण गरिएको कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत मानसिंह ओलीले बताए।

उद्यमीहरुलाई अनुदानका विभिन्न कार्यक्रम ल्याइएकाले विगतभन्दा उद्योगको संख्या बढ्दै गएको उनले बताए। ‘कार्यालयले उद्यमीहरुलाई आर्थिक अनुदान र मेसिनरी सामग्री प्रदान गर्दै आएको छ,’ उनले भने।  

उद्यमीहरुलाई विभिन्न तालिम पनि दिँदै आएको उनले बताए। ‘हामीले सिलाइकटाइ होजियारी, हर्बल साबुन बनाउने तरिका, मसला प्रशोधन लगायतका तालिम प्रदान गर्दै आएका छौँ,’ ओलीले भने।

कार्यालयले आव ०७३/०७४मा २५ लाख ७३ हजार राजश्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा १७ लाख मात्रै राजश्व संकलन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.