|

बाँके : मतदाता नामावलीमा नाम दर्ता गराउनेको नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा ठूलो भीड लागेको छ। फोटो सहितको मतदाता परिचय पत्र बनाउन जेष्ठ नागरिकदेखि भर्खरै १८ वर्ष उमेर पुगेका युवा आउने गरेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्त अधिकारीले जानकारी दिए।

उनले पहिलो दिन १ सय ७५ पुरुष र १ सय २१ महिला गरी २ सय ९६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको बताए। ‘दोस्रो दिन पनि पहिलो दिनको जस्तै भिडभाड छ, बिहानैदेखि लाइनमा बसेका छन्,’ उनले भने।

वर्षातले नामावली संकलनमा विलम्ब परेको बताउँदै उनले पानीको प्रवाह नगरी सर्वसाधारण धैर्यताका साथ लाइनमा बसेर फोटो सहितको मतदाता परिचयपत्र बनाइरहेका छन्। ‘सर्वसाधारण उत्साहका साथ मतदाता परिचय पत्रका लागि फारम भर्ने र फोटो खिचाउने गरिरहेका छन्,’ अधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.