|

सल्यान : जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजारस्थित गैरीबजारमा बाढी पसेको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलामा आएको बाढी गैरीबजारमा पसेको हो। बाढी बजारमा पस्दा आधा दर्जनबढी पसलहरु डुबानमा पर्नुका साथै लाखौंको धनमाल बगाएको छ।

बाढीले पुष्कर बिसी, लाल बहादुर शाही, हरि विक, हरि ग्रिल उद्योग, विनिता नास्ता पसल, मेघराज गिरी, दिनेश पुनको घर तथा पसलमा बाढी पस्दा लाखौंको क्षति पुर्‍याएको पीडित पुष्कर विसीले बताए। राति करिब ३ बजेतिर बजारमा बाढी पसेको स्थानीयको भनाइ छ।

बन्गाड खोलामा आएको बाढी बजारमा पसेपछि व्यापारी तथा स्थानीय त्यहाँबाट विस्थापित भएका छन्। खोलामा भरपर्दो तटबन्ध नहुँदा वर्षैपिच्छे बजारमा बाढी पसेर लाखांैको क्षति गर्ने गरेको व्यापारीहरुको भनाइ छ। हालसम्म मानवीय क्षति नभएपछि वर्षैपिच्छे लाखांैको क्षति हँुदै आइरहेको हरि विकले बताए।

छिन्छु जाजरकोट सडक अवरुद्ध

यस्तै बन्गाड खोलामा आएको बाढीका कारण छिन्छु जाजरकोट सडक खण्डमा सञ्चालन हुने यातायातका साधनहहरु वारपार गर्न सकिरहेका छैनन्। ठाडो खोला भएका कारण पानीको बहाव अत्याधिक रहेको यातायात व्यवसायीहरुको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.