|

  • मणिकुमार श्रेष्ठ-

सनुसरी : सदाको वर्षझैं यस वर्षको बोलबम सुरु भएको छ। यस वर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान १४ मा बिहानैदेखि घुइँचो लागेको छ।

पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरास्थित सप्तकोसी नदीबाट जल ल्याइसकेका छन्। नदकिो पानी ल्याएर आजबाट पिण्डेश्वर बाबाधाममा चल चढाउने गरिन्छ।

विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ। यसैलाइै मध्यनजर गरी यस वर्ष विगत वर्षको भन्दा व्यवस्थित बनाउन सुरक्षा प्रवन्धसँगै खानेपानी, शौचालय तथा  भक्तजनहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत गरिएको समितिका सचिव जयन्त गौतमले बताए।

यस वर्ष भक्तजन बढ्न सक्ने मुख्य आधार भनेको बोलबमका समयमा भारतको बनारसमा गरिने आरती धरानस्थित पिण्डेश्वर बाबा मन्दिरमा पनि शुरुवात गरेका कारण भक्तजन बढ्ने गौतमको भनाई छ।

गत वर्ष साउन महिनाको चार सोमबारमा २ लाख भक्तजन आएकोमा यस वर्ष भने ३ लाखको हाराहारीमा भक्तजन आउने अनुमान गरेको समितिले जनाएको छ। यसैगरी, साउन महिनाको आइतबार बेलुकादेखि सोमबार जल चढाइनसके सम्मका लागि पिण्डेश्वर बाबाधाममा सुरक्षा व्यवस्था मजवुत बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

साउन महिनाको पाँच सोमबार विषेश पूजा आज सोमबार गरिने भएको हुँदा आइतबार र सोमबार सादा पोसाकका प्रहरी र गस्ती प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

पिण्डेश्वरको  ऐतिहासिक पक्ष

पिण्डेस्वरको ऐतिहासिक महिमा भए पनि त्यसको प्रचार प्रसारको उचित व्यवसथापन हुन सकिरहेको छैन। भगवान् शिवको आँसु उत्पति भएको पौराणिक महत्वको रुद्राक्षको उत्पति भएको पिण्डेस्वरलाई रुद्राक्षरनयका रुपमा शास्त्रहरुमा व्यवख्या गरिएको छ।

शैव सम्पदाय अर्थात् शिवजीलाई मुख्य आस्थाका केन्द्र मान्ने मानिसहरुका लागि अत्यन्तै महत्वमको धार्मिक तीर्थस्थल भए पनि यसको महिमाको प्रचारप्रसार धरान र यस वरपर मात्र सीमित रहेको छ। हिन्दूहरुको आस्थाका तीर्थस्थलहरु वाराणसी, हरिद्धार जस्ता स्थलमा गएर प्रचरप्रसार गर्ने हो भने धार्मिक पर्यटकहरुको आगममा वृद्धि हुने देखिन्छ।

पिण्डेस्वरको महिमा बुझेर पिण्डेस्वर वावाधाम समिति क्रियाशिल भएपनि उचित प्रचार–प्रसार हुन सकिरहेको छैन्। पिण्डेस्वर मन्दिर गुठि संस्थानद्धारा सञ्चालित छ। श्रावणमा आउने लाखौं पर्यटकहरुलाई व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समितिले कहिल्यै कुनै पहल गर्दैन। बाबाधाम व्यवस्थापन समितिको एकल प्रयासमा यहाँका दाताहरुको सहयोगमा अहिलेसम्म मन्दिरमा यो समयमा आउने भक्तजनहरुको व्यवस्थापन हुने गरेको छ।

मन्दिरमा भक्तजनहरुले चडाउने भेटी र दान दक्षिणाबाटै मन्दिरको व्यवस्थापन, जिर्णोद्धार र संरक्षणको काम हुन सक्दछ तर भक्तजनहरुले चडाएको भेटी, दान दक्षिणाको कुनै लेखाजोखा नै हुँदैन।त्यहाँ भक्तजनले चडाएको भेटि पैसा सबै पुजारीले लाने गरेका छन्। त्यसबाहेक मन्दिरको व्यवस्थापनमा अधिकार प्राप्त निकायले चासो देखाए मात्र थप धार्मिक पर्यटहरुलाई  भित्र्याउन सकिने धारणा यस क्षेत्रका व्यक्तिहरुले व्यक्त गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.