|

काठमाडौं : स्थानीय तह निर्वाचनको समीक्षा तथा आसन्न प्रदेश र संघको चुनावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक सुरु भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको बैठकमा सचिवालय सदस्यहरुसहित ७५ वटै जिल्लाका इञ्चार्जहरुको सहभागिता छ। बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले चुनावी रिपोर्टिङ गर्नेछन्।

देशभरका ६ वटा प्रदेशमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी कांग्रेस-एमालेभन्दा निकै कम सिट जितेर तेस्रो स्थानमा खुम्चिएको थियो। एमालेले २७६ र कांग्रेसले २२६ स्थानीय तहमा जित हात पार्दा माओवादी ८४ स्थानमा सिमित भएको थियो।

बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गरिसकेपछि अध्यक्ष प्रचण्डले मन्तव्य राख्नेछन्।

बैठकले २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन तथा त्यसपछि हुने प्रदेश र संघको निर्वाचनका लागि रणनीति बनाउनेछ। साथै संगठनात्मक विषयमा समेत छलफल हुने माओवादीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.