|

विराटनगर : नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित जनप्रतिनिधिलाई एमाले उल्लेख गरेर पत्रिकामा विज्ञापन छापेको आक्रोशमा कांग्रेस कार्यकर्ताले मोरङको उर्लाबारीस्थित राष्ट्रिय समाचार पत्रको कार्यालयमा तालाबन्दी गरेका छन्।

पत्रिकामा प्रकाशित विज्ञापनमा कांग्रेसका तर्फबाट वडा नम्बर ७ बाट निर्वाचित वीरवल थापाको नामबाट छापिएको आभार व्यक्त विज्ञापनमा ‘एमालेबाट निर्वाचित म’ भन्ने उल्लेख छ।

पत्रिकाले यसअघिदेखि नै आफ्नो विरुद्धमा विभिन्न प्रोपगण्डा गर्ने गरेको आरोप लगाउँदै थापा र उनका समर्थित कार्यकर्ताले पत्रिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। पत्रिकाका सम्पादक केदार चौहानले उर्लाबारीमा रहेको पत्रिकाको कार्यालयमा विहान १० वजे आएका कांगेस कार्यकर्ताले पत्रिकाको कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए। चौहानले पत्रिकामा छापिएको विज्ञापन प्राविधिक गल्तीका कारण कांग्रेसबाट निर्वाचित हुनुपर्नेमा एमालेबाट निर्वाचित हुन गएको बताए।  

थापाले भने पत्रिकामा प्रकाशित विज्ञापनमा आफ्नो चरित्र हत्या गर्न खोजेको बताए। ‘बिना जानकारी विज्ञापन आएको छ,’ थापाले भने, ‘त्यसमा पनि यतिको ठूलो गल्ति हुन सक्दैन यो मेरो चरित्र हत्या गर्न खोजिएको छ।’

यता तालाबन्दीको विषयमा दिउँसो २ बजे पत्रकारसम्मेलन गरी जानकारी दिइने कांग्रेसले जनाएको छ। कांग्रेसका मोरङ सभापति तथा सांसद डिकबहादुर लिम्बूले समस्या समाधान छिट्टै हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.