|

काठमाडौँः कवि एवं समालोचक प्राज्ञ डा. अमर गिरीको नयाँ समालोचनात्मक पुस्तक ‘भूमण्डलीकरण र साहित्य’ बजारमा आएको छ। 

पुस्तकभित्र लेखकका ‘भूमण्डलीकरण र सांस्कृतिक आक्रमण’, ‘माक्र्सवादी साहित्य सिद्धान्त’, ‘भूमण्डलीकरण, उपभोक्तावाद र साहित्य’, ‘माक्र्सवाद, पहिचानको राजनीति र साहित्य’, ‘एक्काइसौँ शताब्दीको विश्व सन्दर्भ र नेपाली साहित्य’, ‘रूप र सारमा उत्तरआधुनिकतावाद’, ‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’, ‘सांस्कृतिक चिन्तनमा ग्राम्सी’, ‘साहित्य र बजार’, ‘नारीवादी आन्दोलन र साहित्य चिन्तन’, र ‘बदलिएको सन्दर्भ र भाषा साहित्य’ शीर्षकका ११ वटा समालोचना समाविष्ट छन्। 

लेखकले विभिन्न कालखण्डमा लेखेका यी लेखहरूमा साहित्य, संस्कृति, भाषा, दर्शन, सिद्धान्त जस्ता विषयमा माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट गम्भीर विमर्श गरेका छन्। 

भूमण्डलीकरणले अहिलेको समयमा यी विषयहरूमा केकस्तो असर पारेको छ र यसबाट बच्नका लागि केकस्ता उपायहरू अवलम्बन गरिनुपर्छ भन्ने विचार यस पुस्तको सार भएको डा. गिरीले बताएका छन्।

माक्र्सवादको सिर्जनात्मक विकासका आग्रही गिरीको पुस्तकभित्र समाविष्ट ११ वटा विषय सामयिक सन्दर्भका दृष्टिले पनि निकै महत्त्वपूर्ण रहेकाले यसलाई पाठ्यपुस्तककै रूपमा लिनुपर्ने लेखक शार्दूल भट्टराईको धारणा छ। 

यसअघि गिरीका ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’, ‘शब्दहरूका बीचमा’ र ‘समय संवाद’ कविताकृति तथा ‘समय, समाज र संस्कृति’ ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’नामक समालोचनात्मक पुस्तक प्रकाशित छन्। 

भृकुटी एकेडेमिक पब्लिकेसनद्वारा प्रकाशित ३२० पृष्ठको यस पुस्तकको मूल्य ६९५ रुपियाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.