|

सोलुखुम्बु : भालुको आक्रमणबाट सोलुखुम्बुमा एकजना घाइते भएका छन्। दूधकोसी गाउँपालिका ३ का ५५ वर्षीया पुर्णबहादुर कार्की भालुको आक्रमणमा परी घाइते भएका हुन्। घरनजिकैको पाखामा सोतर काट्न गएका कार्कीलाई आइतबार दिउँसो दुई बजे भालुले आक्रमण गरेको स्थानीय भेषराज पौडेलले जानकारी दिए।

घाइते कार्कीको अनुहार र टाउँकोमा गहिरो चोट लागेको छ। घट्नास्थलनजिकै अरु पनि मानिस रहेकाले तत्काल उद्धार भएको र बचाउन सकिएको पौडेलले बताए। घाइते कार्कीको बासा स्वास्थ्य चौकीमा पचार भइरहेको छ। केही दिन अगाडिदेखि त्यस क्षेत्रमा भालुले कृषकले लगाएको मकै खाएर स्थानीयलाई सताउने गरिरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.