काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतमा भव्य स्वागत गरिएको छ। राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरेर पदभार सम्हाल्न सर्वोच्च आइपुगेका पराजुलीलाई कर्मचारीहरुले भव्य स्वागत गरेका हुन्।
संसदीय सुनुवाई समितिबाट आइतबार नाम अनुमोदन भएपछि राष्ट्रपतिले सोमबार पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी थिइन्। त्यसपछि राष्ट्रपतिबाटै पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
फोटोमा हेर्नुहोस् प्रधानन्याधीशको स्वागत
तपाईंको ईमेल गोप्य राखिनेछ ।