|

काठमाडौं : सार्वजनिक सवारी साधनमा महिलालाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको चन्द्रगिरि नगरपालिका-१० गुर्जुधाराबाट थानकोट-कलंकी चल्ने सार्वजनिक सवारी साधनमा महिलामाथि अभद्र व्यवहार गर्ने ३ जनालाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दाङको घोराही घर भई हाल काठमाडौं वनस्थली बस्दै आएका २९ वर्षीय निरज रोका मगर र ३३ वर्षीय वनराज रोका मगर साथै पर्वत कुश्मा घर भएका ३१ वर्षीय शेरमान गुरुङ रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.