|

काठमाडौँ: बालकवि अनुज्ञा नेपालले पहिलो कृति 'हामी गर्न सक्छौँ' कवितासंग्रह बजारमा ल्याएकी छन्।

सोमबार राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उक्त कवितासंग्रह सार्वजिनक गरियो। नेपाली साहित्यका विशिष्ट साधकहरूको उपस्थितिमा उक्त पुस्तकमाथि टिप्पणी गर्दै बालस्रष्टा विज्ञता कार्कीले अनुज्ञाले सकारात्मक सोचका साथ कविता लेखेको र संग्रहमा संकलित कविताहरू निकै परिपक्व र लयात्मक रहेका बताइन्।

कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवालीले अनुज्ञाको पारिवारिक पृष्ठभूमि नै साहित्यिक भएकाले पनि उनका सिर्जना सशक्त र लयात्मक हुनसकेका बताए। उनले अनुज्ञामा कवित्वचेत उच्च रहेको बताउँदै छन्द वा लयमा समेत अनुज्ञा सचेत रहेकाले पुस्तकमा संकलित कविता पठनयोग्य रहेको उल्लेख गरे।

कार्यक्रममा अनुज्ञाकी बहिनी प्रविज्ञा नेपालले दिदीको पुस्तकबाट एउटा कविता वाचन गरेकी थिइन् भने अनुज्ञाका कक्षाका साथीहरूले अर्को एउटा कविता पुस्तकबाट वाचन गरेका थिए।

कार्यक्रममा अनुज्ञाका पिता डा. देवी नेपाल, साहित्यकारहरू देवी घिमिरे, रामदेव पाण्डे, गीता केशरी, गायत्री विष्टलगायतले बालकवि अनुज्ञाको लेखनयात्रालाई शुभकामना दिएका थिए। 

एेरावती प्रकाशनले प्रकाशन गरेको पुस्तकमा १६ वटा कविता रहेका छन्। प्रत्येक कवितामा समावेश  चित्रसमेत कवि अनुज्ञा आफैँले बनाएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.