|

डडेल्धुरा : डडेल्धुरा र बैतडीको सिमाना भई बग्ने सुर्नया नदीमा डुबेर बेपत्ता भएका राजबहादुर मल्ल सोमबार तेस्रो दिन मृत अवस्थामा फेला परेका छन्।

शनिबार दिउँसो माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका अजयमेरु गाउँपालिका–६ राजुल डडेल्धुराका ३३ वर्षीय मल्ल बेपत्ता भएको ३ दिनपछि मृत अवस्थामा फेला पारेका हुन्।

माछा मार्ने क्रममा चिप्लिएर बेपत्ता भएका मल्लको शव बगेको स्थानबाट केही तल स्थानीयहरुले भेट्टाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.