स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

विराटनगर महानगर कार्यपालिकामा कांग्रेसलाई स्पष्ट बहुमत
SHARES

साउन २, २०७४

    विराटनगर : नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको नगरसभामा स्पष्ट बहुमत कायम गरेको छ। नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा आफ्नो तर्फका सात सदस्य निर्वाचित भएपछि नगरसभामा कांग्रेसको बहुमत पुगेको हो। 

    विराटनगरमा २९ सदस्यीय नगर कार्यपालिका बनेको छ। कार्यपालिका बैठकलाई नगरसभा भनिन्छ। अब नगर सभामा नेपाली कांग्रेसबाट १८, संघीय समाजवादी फोरमबाट ६, एमालेबाट ३ र माओवादी केन्द्रबाट २ जना सदस्य हुनेछन्। प्रमुख र उपप्रमुख स्वतः नगर सभाको प्रमुख र उपप्रमुख हुनेछन्।

    ५ महिला सदस्यमा भएको निर्वाचनमा ११ जनाले प्रतिस्पर्धा गर्दा कांग्रेसका ४ र माओवादी केन्द्रबाट १ जना विजयी भएका छन्। जिल्ला समन्वय समितिमा कांग्रेस बाहेकका दलले सहमति गर्ने बताए पनि माहानगरपालिकामा भने कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। 

    ९७ जना प्रतिनिधि रहेको नगरसभामा कांग्रेसबाट महिला सदस्यमा सुशीला पोखरेलले ५३ मत, कमला सुब्बाले ५५ मत, शिला श्रेष्ठले ५२ मत र विनादेवी धानुकले ५२ मत ल्याएर निर्वाचित भए। माओवादी केन्द्रकी चम्पा खत्रीले ५२ मत प्राप्त गर्दै विजयी भएकी छन्।

    पराजित भएकी एमालेकी इन्दिरा गिरीले ४० र सम्झा देवी सरदारले ३८ मत ल्याए। संघीय समाजवादी फोरमबाट ललितादेवी पासवान ४२, विमला देवी पौदार ३८, शैली यादव ३९ र सरितादेवी साहले ३ मत प्राप्त गरे।

    दलित तथा अल्पसंख्यक तर्फको ३ सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए। तीनवटै पदमा कांग्रेसले जितेको छ। गायत्री कुमारी दास र अरुण खेतानले बराबर ५४ मत र राजेश भुजेलले ५१ मत प्राप्त गरी विजयी भएका हुन्। एमालेका दीपककुमार कर्ण ३७, संघीय समाजवादी फोरमबाट रेखा रानी सिंह ३८, जितेन्द्र ऋषिदेव ३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवारी दिएका भरत ठाकुरले ३९ मत प्राप्त गरे। फोरम लोकतान्त्रिकका बलु राम सरदारले आफ्नो मात्रै एक भोट पाएका थिए।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]