|

हुम्ला  : चंखेली गाउँपालिकास्थित  माछापानी खोलाको  झोलुंगे पुल एक दशकपछि बल्ल बनेको छ।  यसअघि २०६४ सालमा यस पुल निर्माणको सम्झौता भएको थियो। 

त्यसपछि पटक–पटक उपभोक्ता समिति गठन र विघटन हुने गरेका कारण काममा ढिलाई भएको स्थानीय बताउँछन्। पहिलाको उपभोक्ता समितिले काम गर्न छोडेपछि निर्माण कार्य अलपत्र परेका पुल,दोश्रो पटक उपभोक्ता समिति  गठन भएपछि बल्ल निमार्ण भएको हो। 

आर्थिक वर्ष २०७१ सालमा नयाँ उपभोक्ता समिति गठन  भएपछि निर्माण कार्यले फेरि गति लिएको थियो। त्यसपछि काम गर्ने क्रममा एक कामदारको मृत्यु भएका कारण फेरि केही समय निर्माण कार्य रोकिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.