|

बर्दिया : सरकारले कमैयाहरुलाई मुक्त घोषणा गरेको सत्र वर्ष पूरा भएको अवसरमा साउन २ गते बर्दियामा मुक्त कमैयाहरुले दिवस मनाएका छन्। पुनस्र्थापना, स्वास्थ्य, शिक्षा र रोजगार सम्पूर्ण मुक्त कमैयाहरुको सरोकार भन्ने नारासहित विभिन्न संस्थाको सहयोगमा मुक्त कमैयाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन्।

बर्दियाका भुमिसुधार अधिकारी कृष्ण प्रसाद ज्ञवालीले अझै पनि कमैयाहरु पूर्ण रुपमा मुक्त हुन नसकेको जानकारी दिए। दिवसको अवसर पारी सरकारले कमैया मुक्ति घोषणा गरेको १७ वर्ष पुरा हुँदासम्म पनि बर्दियामा अझै एक सय ७७ जना मुक्तकमैया पुर्नस्थापना हुन बाँकी रहेको मुक्त कमैया पुनःस्थापना केन्द्रका केन्द्रीय सदस्य एवं कमासु दिगो विकासका अध्यक्ष बिन्तिराम थारुले बताए। 

दिवसकै अवसरमा मुक्त कमैयाहरुका अगुवाहरुले मुक्ति भएको दुई दशक पुग्न लाग्दा पनि सरकारले आफुहरुलाई पुनस्र्थापना गर्न नसकेको भन्दै आपत्ति जनाए। 

अझै पनि सम्पूर्ण मुक्त कमैयाहरुले पुर्जा प्राप्त गर्न, जग्गा किन्न, परीचय पत्र पाउन, घर निर्माणको लागि सरकारबाट पाउनुपर्ने काठ समेत प्राप्त गर्न बाँकी रहेकोले कमैयाहरु पूर्ण रुपमा पुनःस्र्थापना हुन नसक्दा कमैयाहरुले वास्तविक रुपमा मुक्तिको अनुभूती लिन नपाएको गुनासो गर्दै सरकारले मुक्तकमैयाहरुप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।

कमैयाहरुलाई २०५७ साल साउन २ गतेका दिन सरकारले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा रहेका सम्पूर्ण मुक्त कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो।

मुक्ति घोषणापी हरेक वर्ष साउन २ गते यो दिवस मनाउने गरिन्छ। सरकारले कमैया मुक्ति घोषणा गरेको १७ वर्ष पुगिसक्दा पनि बर्दियाका मुक्त कमैयाहरुको समस्या हट्न सकेको छैन्। ०५७ सालमा सरकारले दासत्ववाट मुक्त घोषणा गरेका कमैयाहरुको अवस्था १७ वर्षसम्म पनि उस्तै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.