|

दमक : विगत केही दिनदेखि झापाको दमक क्षेत्रमा अघोषित लोडसेडिङ बढेको छ।  गर्मीको समयमा विना कारण अत्याधिक विद्युत कटौती भएपछि अहिले स्थानीयवासी आक्रोशित छन्। 

‘बिजुली आउँदै–नआउने कुनै बेला आईहाले पनि एकैछिनमा गैहाल्ने गर्दा मर्कामा छौ,’ दमक ९ की कल्पना खातीले भनिन्,‘ कहिलेकाँही त रातभरी लाईन आउँदैन, यस्तो गर्मी छ, सुत्न पनि सकिदँैन र रातभर जाग्राम बस्नु परेको छ।’

अत्याधिक विद्युत कटौती हुँदा धेरै समस्या भएको दमक ७ का चिरन न्यौपानेले बताए।
६ महिना नबित्दै फेरि लोडसेडिङ

गत माघमा दमकवासीले लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै तत्कालीन उजार्ममन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई सम्मान गरेका थिए। 

त्यस कार्यक्रममा शर्माले दमक लोडसिडिङ मुक्त भएको घोषणा गरेका थिए। तर घोषणाको ६ महिना बित्न नपाउँदै पुनः अघोषित लोडसेडिङको मारमा दमकबासी बस्नु परेको दमक ९ का दिनेश बानियाँले बताए। उनले भने,‘ उर्जामन्त्री, उर्जा सचिव तथा प्रधिकरणका कार्यकारी निर्देशकलाई सम्मान गर्दा दमकमा अब बिजुली नजाने घोषणा गरेका थिए तर त्यस्तो भएन।’

कर्मचारीहरुको मिलेमतोमा कृतिम लोडसेडिङ गरिएको हुनसक्ने उनको आरोप छ। यता विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले भने विद्युतको खपत आफुहरुले सोचेभन्दा धेरै भएकोले लोडसेडिङ गर्नु परेको बताए।

खेतिको समयमा पानी नपरेका कारण कृषकहरुले एकै पटकमा धेरै वटा मोटर चलाएकोले पनि यस्तो भएको हुनसक्ने उनले बताए। उनले भने,‘हाम्रो पनि लोडसेडिङ गर्ने चहाना होइन। तर बाध्यताले गर्दा यस्तो भएको छ।’

शाहले बजार क्षेत्रमा पनि गर्मी अत्यधिक बढेकोले एकै पटक धेरैवटा एसी र पंखा चलाउँदा मेसिनले थेग्नै नसक्ने विद्युत भार बढेको दाबी गरे। पानी नपरेकोले अभैm ५÷६ दिन सम्म यस्तै अवस्था रहन सक्ने उनको भनाइ छ। कृषकहरुले रोपाँई सकेपछि मात्रै विद्युत कटौती कम हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.