काठमाडौं : अहिलेको चर्चित गीत 'कुटुमा कुटु' ले युट्युबमा १ करोडमा भ्युअर्स पार गरेको खुसीयालीामा केक काटिएको छ। फिल्म ‘२ रुपैयाँ’को ‘यो गीतलाई युट्युबमा रिलिज भएको ४९ दिनमा १ करोडभन्दा धेरैले हेरेका छन्।
त्यसैको खुसीयालीमा सोमबार फिल्म ‘२ रुपैयाँ’ निर्माण युनिटले गीतलाई माया गर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद दिंदै केक काटेर खुसीयाली मनाएको छ। 'कुटुमा कुटु'को सेलिब्रेसन पार्टीमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक तथा एरेन्जर राजन इशान, निर्देशक असिम शाह, फिल्मका नायक आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए।
ल्मका अर्का नायक निश्चल बस्नेत र कलाकार बुद्धि तामाङ भने कार्यक्रममा सहभागी थिएनन्। भदौ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म '२ रुपैयाँ'मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतको अभिनय रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।