|

काठमाडौं तराई–मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तराष्ट्रि गैरसरकारी संस्था (आईएनजीओ) मार्फत खर्च गरिएको खुल्न आएको छ।

ती जिल्लामा आर्थिक वष २०७३\०७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। उक्त रकमा खर्च गर्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिय थिए।

कैलालीमा सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्द कम २२ वटा परियोजना अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले चलाएका थिए। अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपलब्ध भई रेकर्ड भएअनुसार उक्त तथ्यांक देखिएको हो।

ती जिल्लामा सबैभन्दा बढी अमेरिकाका २६ वटा, बेलायतका १४ वटा, जर्मनीका चार वटा, स्वीट्जरल्याण्डका चार वटा संस्था सक्रिय भएको पाइयो। सबैभन्दा बढी चितवनमा दुई अर्ब रकम खर्च भएको छ भने त्यसपछि रूपन्देहीमा एक अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ।

महोत्तरी, कैलाली, मकवानपुर, बाँके र सुनसरीमा एक\एक अर्बभन्दा बढी रकम खर्च भएको छ। सर्लाहीमा पनि करिब एक अर्ब रुपैयाँ खर्च भएको देखिन्छ।
‘सबै आइएनजीओले गलत काम गरेका छैनन्’, मधेस मामिलाका विश्लेषक तुलानारायण साहले भने, ‘महिला, दलित र पिछडावर्गको क्षेत्रमा एनजीओ र आइएनजीओले राम्रो काम गरेका छन्।’ उनका अनुसार कोही कुलो बनाएर नहर बनाएबराबरको रकम खाने पनि छन्। 

मधेस मामिलाका अर्का जानकार विजयकान्तलाल कर्णले भने, ‘धेरै एनजीओहरू बिल भर्पाइ गरेर खान्छन्। यसले गर्दा तिनीहरूको काम नदेखिएको हो। कुन कुन एनजीओ आइएनजीओले केकस्ता क्षेत्रमा लगानी गरेका छन् भन्ने विषयमा खोजबिन हुनुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.