|
फाइल फोटो

चितवन :  जलवीरेमा खसेको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा आएको छ।

बिहान ४ बजे खसेको सुख्खा पहिरो साढे २ घण्टा लगाएर पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरोका कारण रोकिएका सवारीको चाप रहेकाले केही घण्टापछि मात्रै यातायात सहज हुने प्रहरीको भनाइ छ। 

पहिरोका कारण रोकिएका सवारीहरु अहिले गन्तव्यतर्फ लागेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलवीरेमा यो वर्ष बर्खामा पहिरो खसेको पहिलोपटक हो।

यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा पहिरो खस्दै आएको थियो। सोमबार साँझदेखि यहाँ रोकिएका गाडीहरु बिहान झरेको पहिरोका कारण रोकिएका थिए। 

मुग्लिन सडक विस्तारका क्रममा रहेकाले विभिन्न ठाउँको भित्तो काटेको क्षेत्रमा पहिरो खस्ने क्रम चलिरहेको छ। पहिरोको जोखिम बढपछि यहाँ रातिको समयमा गाडी चलाउन बन्द गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.