|

पर्वत : सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक खण्डमा राति सवारी अवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशाासन कार्यालय म्याग्दी र जिल्ला ट्राफिक कार्यालय म्याग्दीले उक्त सडक खण्डमा राति दुवैतर्फको सवारी अवागमन बन्द गराउने निर्णय गरेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका इन्चार्ज शिव प्रसाद पाठकले जानकारी दिए। उनका अनुसार  पानी पर्नेवित्तिकै उक्त सडक खण्डमा पहिरो खस्ने गरेक कारण दुर्घटनाको  जोखिम भएकfले भदौ १५ सम्मका लागि सवारी साधन रोक्ने निर्णय गरिएको हो।

म्याग्दी सदरमुकाम बेनीबाट छुट्ने यातायातका साधन साँझ साढे ५ बजे देखि बिहान ५ बजेसम्म र भुरुङदेखि तातोपानीसम्म छुट्ने सवारी साधन साँझ ६ बजे देखि बिहान ५ बजेसम्म चलाउन पाइने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.