|

काठमाडौं : कप्तान सन्दीप लामिछाने फेरि एकपटक नायक सावित हुँदा यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ५८ रनमा समेटेको छ।

पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेट्ने क्रममा ५ विकेट लिएका सन्दीपले मंगलबार मलेसियाविरुद्ध पनि ५ विकेट नै लिए। ८ ओभर ५ बल बलिङ गरेका सन्दीपले १ मेडन राख्दै १७ रन खर्चिए।

सन्दीका अलावा पवन सर्राफले ३ तथा सन्दीप सुनार र किशोर महतोले १/१ विकेट लिए। मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

५९ रनको विजयी लक्ष्य पछ्याउँदै नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। अर्को खेलमा सिंगापुरले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.