|

उदयपुर :   त्रियुगा नगरपालिकाको नगर कार्यपालिका गठनका लागि एमाले–माओवादी केन्द्र गठबन्धन विजयी भएको  छ।

महिला सदस्यतर्फ गठबन्धनकी एमालेकी कमला खड्का ४५ मत, माओवादी केन्द्रका गोमा कार्की ४४, उषाकुमारी विश्वकर्मा ४४,  भावना राई ४४  र कुन्ती परियार ४२ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यलयका प्रमुख महेन्द्रबहादुर कार्कीले बताए । 

दलित तथा अलपसंख्यको कोटाबाट गठबन्धनका एमालेका ज्ञानेन्द्र वान्तवा ४५, खड्ग परियार ४५ र माओवादीका केन्द्र दनुवार ४७ मत पाई विजयी भएका छन्।

त्रियुगा नगरपालिकामा कुल ८८ मत एमाले र काङग्रेसको ३६\३६ र माओवादी केन्द्रको १० मत थियो। निर्वाचित पदाधिकारीलाई राति नै गोपानीयताको शपथ ग्रहण गराइएको छ।

यससँगै उदयपुरका ८ वटै स्थानीय तहमा कार्यपालिका गठन भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.