जनताकै सहजताका लागि रातिसम्म काम गरेका छौं : आचार्य

|

दमक : झापाको बुद्धशान्ति गाउँपालिका ३ का ७६ वर्षीय मोतीबहादुर लिम्बू सोमबार जिल्ला निर्वाचन कार्यालय झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न आए। दुई पटकसम्म नाम दर्ता छुटेकाले मत खसाल्न नपाएका लिम्बूलाई अब आउने निर्वाचनमा भने मत खसाल्न रहर लागेर आयो। अघिल्ला निर्वाचनमा मतदाता नामावलीका  विषयमा जानकारी नभएर फोटो खिचाउन नपाएका हुनले स्थानीय तहको निर्वाचनमा अरुले भोट हालेको देखेर आफूलाई पनि फोटो खिचाउन नपाएकोमा पछुतो लाग्यो।

चुनाव सकिएपछि उनले निरन्तर रेडियो सुने। रेडियोले साउन १ गते देखि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन सुरु भएको खबर फुक्यो। त्यसपछि उनी जिल्ला निर्वाचन कार्यालयसम्म आइपुगें। लिम्बू भन्छन्, ‘मैले पहिला पनि दुईपटकसम्म वास्ता नगर्दा भोट हाल्न पाईन, छोराहरुले त फोटो खिचाउनुपर्छ भन्दै थिए मैले हाम्रो पालाको जस्तो सम्झेर फोटो खिचाइनँ भोट हाल्नै पाइनँ, पछि पछुतो लागो र अहिले यहाँसम्म आएँ, हाम्रा पालामा त नागरिकता देखाउँदा भोट हाल्न पाइन्थ्यो, अहिले नपाइने रहेछ।’

जिल्ला निर्वाचन कार्यालयसम्म आइपुगेका उनले मतदाता नामावलीमा नाम दर्ता गराउन त्यति सहज नभएको बताए। उनले दिनभरि घाममा बस्दा समेत पालो नपाएको गुनासो गरे। घाममा लाइन बसिरहेका उनले भने,‘मैले त जानेबित्तिकै काम हुन्छ होला भन्ने सोचेको थिएँ, तर बिहानदेखि लाईन बसेको ४ घण्टा भइसक्यो अहिलेसम्म पालो आएको छैन।’ उनी मात्र होइन मतदाता नामवलीमा नाम समावेश गर्न जिल्ला निर्वाचन कार्यालयमा फोटो खिचाउन पुगेका अन्यको पनि समस्या उही थियो।

बढ्दो गर्मी र चर्को घाममा अब्यवस्थित लाई बस्नु पर्ने बाध्यताले उनीहरु आक्रान्त बनेका थिए। १० वर्ष सम्म विदेश बसेर स्थानीय तहको निर्वाचन अघि मात्र आएका आएका बुद्धशान्तिकै बल बहादुर थापामगर पनि आउँदो निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गर्नकालागि निर्वाचन कार्यालय आइपुगे।

तर अव्यवस्थित लाईनका कारण फोटो खिचाउँकी नखिचाउ भन्ने दोधारमा परे उनी। भन्छन्,‘ हामीले त सहज हुन्छ होला भनेर आएको यहाँ आएर यो तातो घाममा बसेको ३ घण्टा भयो पालो आउने छाटकाछ छैन, फर्कौँ भने यति टाडा आएको छौँ, फेरी आउँदा दिनै मायाँ मानु पर्छ, बसौँ भने धेरै गाह्रो छ।’

१८ वर्ष पुगेर जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता जारी गर्ने बितिकै निर्वाचन कार्यालय बिर्तामोडमा पुष्पलाल गजमेरले फोटो सहितको नामवली संकलन दुई÷तीन स्थानबाट भएको भए सहज हुने बताए। उनले भने,‘स्थानीय स्तर सम्म त पुर्याइएन तर यही पनि अहिल धेरै ठाउँबाट गरिएको भए हामीले यति सास्ती भोग्न पर्ने थिएन होला’।

भद्रपुर १० की बिमला खतिवडाले भने स्थानीय तहबाटनै मतदाता नामवली संकलन गरेको भए सहज हुने बताइन्। उनले भनिन्,‘ स्थानीय तहमा सरकार आईसकेको अवस्थामा पनि हामीले भने यसरी सास्ती भोग्नु परेको छ, स्थानीय तहबाट गरेको भए यस्तो अव्यवस्थित पनि हुने थिएन, हामीले पनि सहज रुपमा सेवा पाउने थियौँ’।

जनताकै सहजताका लागि रातिसम्म काम गरेकै छौं

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जिल्लामा जिल्ला निर्वाचन कार्यालयमा साउन १ देखि १५ गतेसम्म मतदाताहरुलाई फोटो सहितको नामावली दर्ताका लागि समय बताए।

निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेलगत्तै झापामा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको प्रमुख आचार्यले बताए। कार्यालय प्रमुख आचार्यका अनुसार पहिलो दिन जिल्लामा ३ सय ३५ जनाले फोटो सहितको नामावलीमा नाम  दर्ता गरेका छन्। सोमबार ५ सयभन्दा बढीले फोटो खिचाएका थिए। नामावली दर्ताका लागि दैनिक मानिसको भीड बढ्न थालेपछि अहिले कार्यालयले ५ वटा टोली बनाएर काम गरिरहेको बताए।

त्यसका लागि करीब १६ जना जनशक्ति परिचालन गरिएको छ। नामावली भर्नेको भीड बढ्न थालेपछि कार्यालयले विहान १० देखि साँझ आँखा देखुञ्जेलसम्म काम गरिरहेको छ।उनले भने,‘ हामीले सेवा ग्राहीको अवस्थालाई ध्यानमा राख्दै काम गरिरहेका छौँ, जनशक्ति पनि कम छ, तर पनि हामीले राती अब सम्म एपनि काम गरेर लाईन बसेकालाई त्यसै फर्काएका छैनौँ’।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.